२८ आश्विन २०८३, बुधबार

स्पेनमा चिनियाँ अपराधकर्मी पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याड्रिड, ७ वैशाख । विभिन्न अपराधमा संलग्न रहेको आरोपमा २५ जना चिनियाँको एक अपराधी समूहलाई उत्तरपूर्वी स्पेनको क्याटोलिना क्षेत्रीय प्रहरी कार्यालयले पक्राउ गरी हिरासतमा लिएको छ ।

यस अपराधी समूहद्वारा जबर्जस्ती बेश्यावृत्तिमा लाग्न बाध्य बनाइएका २२ जना चिनियाँ युवतीलाई पनि प्रहरीले मुक्त गराएको छ ।

क्षेत्रीय प्रहरी कार्यालयले आज एक विज्ञप्ति प्रकाशित गरी क्याटोलिनाको क्षेत्रीय राजधानी बार्सिलोना र निकटवर्ती इलाकामा अबैध बेश्यालय सञ्चालन गर्न गराउन यही अपराधी समूहको भूमिका रहेको जनाएको छ ।

प्रहरीले यस समूहलाई फुजियन ग्याङ्ग भन्ने नामकरण गरेको र यस ग्याङ्गका सबै बदमासलाई अप्रिल १० तारेखदेखि नै पक्राउ गर्न खोजिरहेको थियो ।

यो अपराधी समूहले नगरमा अबैध बेश्यावृत्ति सञ्चालन, लागुपदार्थ ओसारपसार तथा बेचबिखनलगायत विभिन्न अपराध गर्दै गराउँदै आएको समेत स्पेनिस प्रहरीले आरोप लगाएको छ ।

यही अपराधी समूहका बदमासले अन्य मुलुकमा रहेका सीधासादा चिनियाँ युवतीहरूलाई ललाई फकाई, उनीहरूबाट पैसा लिई नक्कली कागजतपत्र बनाई स्पेन छिराउने र अन्ततः बेश्यावृत्ति वा अन्य प्रकारका यौन धन्दामा लगाउने गरेका थिए ।

ती सीधासादा चिनियाँ युवतीहरूलाई १५ हजार युरो (१६ हजार अमेरिकी डलर) ठगेको आरोप पनि स्पेन प्रहरीले यिनीहरूमाथि लगाएकोमा स्पेनको एउटा स्थानीय अदालतमा मुद्दा सुनुवाई हुँदा यीमध्ये ११ जनालाई काराबासको सजाय तोकिएको थियो ।

तीमध्ये बाँकी १४ जनाको राहदानी जफत गर्नुका साथै सामान्य जरिवाना तिराई प्रहरी हिरासतबाट मुक्त गरिएकोसमेत जनाइएको छ । –एपी