२० कार्तिक २०८३, शुक्रबार

नेपालगञ्ज उपमहानगरमा संघीय समाजवादी फोरमबाट ईतियाक राई मेयर उम्मेदवार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– आकाश देबकोटा

बाँके, ६ वैशाख । पश्चिम तराईको ऐतिहासिक नगर नेपालगञ्जमा स्थानीय निर्वाचनको रौनक शुरु भएको छ ।

पश्चिम मधेसको ठूलो शहर मानिने नेपालगन्जको भावी मेयरमा प्रमुख दलका स्थानीय नेताहरुको ध्यान केन्द्रित हुन थालेको छ । यस्तोमा यसपटक स्थानीय चुनावमा मुख्य राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र सघिय समाज वादी फोरम, नेपालबाट मेयर पदको उम्मेदवारहरुको आंकाक्षीहरु देखिएका छन् ।

सघिय समाजवादी फोरम, नेपालबाट मो. ईतियाक राई अगाडि देखिएका छन् । राई पहिलो सधिभान सभा को निवाचनमा बाँके क्षेत्र नम्बर २ बाट प्रत्यक्ष चुनाव जितेका थिए । श्रम तथा यातायात मन्त्री समेत भएका थिए ।

राइयस क्षेत्रमा सफल तथा प्रेरक व्यक्तिका रुपमा परिचित छन् भने खासगरी बाँकेका ग्रामिण वस्तीमा उनी लोक प्रिय तथा क्रियाशिल राजनीतिज्ञका रुपमा चिनिन्छन ।

संघीय समाजवादी फोरममा आबद्ध रहेका योग्य र सफल व्यक्ति मेयरको उम्मेदवार बनेको खबरले नेपालगंजको माहोल निकै चर्चित बनेको छ ।