२८ आश्विन २०८३, बुधबार

यति कडा छ चीनमा कम्युनिष्ट पार्टी ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ, ५ वैशाख । कम्युनिस्ट पार्टी अफ चाइना (सिपिसी)का अनुशासन निरीक्षण अधिकारीले यस वर्षको सुरुदेखि चार महिनाभित्रमा देशभरी ८५ हजार सरकारी अधिकारीहरुलाई अनुशासनहिन कार्य गरेको आरोपमा कारबाही गरेको छ ।

यसप्रकार कारबाहीका पर्ने व्यक्तिहरुका प्रान्तीय र मन्त्रीस्तरका १४ जनासमेत रहेका ‘सिपीसी सेन्ट्रल कमिसन फर डिसिप्लेन इन्स्पेक्शन (सीसीडिआइ)’ले जानकारी दिएको छ ।

सिसिडिआइले आफ्नो वेबसाइडमा मङ्गलबार प्रकाशित गरेको तथ्याङ्कअनुसार यस कारबाहीमा १४ जना उच्चस्तरीय अधिकारीहरु, चार सय प्रान्तीय अधिकारी र तीन हजार पाँच सय काउन्टीस्तरका अधिकारीहरु रहेका छन् । रासस÷सिन्ह्वा