२० कार्तिक २०८३, शुक्रबार

भरुवा बन्दुकसहित दुई जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, ५ बैशाख । कैलाली जिल्लाको भजनी नगरपालिका ४ स्थित बजुलियाबाट हिजो राति दुई जना एक था भरुवा बन्दुकसहित र्दुई जनालाई पक्राउ परेका छन् ।

स्थानीयबासीको सहयोगमा सशस्त्र प्रहरी बलको टोलीले सोही ठाउँका ३२ वर्षीय रामबहादुर चौधरी र २९ वर्षीय रामरामु चौधरीलाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट भजनीबाट खटिएको एपीएफ टोली उनीहरुलाई बन्दुकमा लोड गरिएको अवस्थामा राति साढे ८ बजेको समयमा पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुले प्रयोग गरेको से. ३ प. ७८८४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । उनीहरुलाई बरामद हतियार तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।