२८ आश्विन २०८३, बुधबार

लन्डनमा एसिड आक्रमणबाट बाह्र जना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लन्डन (बेलायत), ५ वैशाख । बेलायतको राजधानी लन्डनमा एउटा रात्रिकालीन क्लबमा सोमबार बिहानै एसिड हमला हुँदा कम्तीमा १२ जना घाइते भएका प्रहरीले जनाएको छ ।

घाइतेमध्ये करिब २० देखि २५ वर्ष उमेरका दुई युवाको स्वास्थ्य अवस्था एसिडले जलेर गम्भीर बनेको तर उनीहरुको अवस्था स्थिर रहेको छ भने बाँकी १० जना सामान्य घाइते भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

लन्डन वारुण बाहिनीका प्रवक्ताले एएफपीलाई दिएको जानकारीअनुसार ‘अज्ञात क्षयकारी तत्व’ क्लबमा रमाइरहेका युवामाथि छर्किएपछि क्लबमा रहेका करिब छ सय मानिसबीच भागदौड मच्चिएको थियो ।

प्रहरीले आक्रमण आतङ्ककारी समूहले गराएको नभई दुई समूहबीचको झडपपछि भएको जनाएको छ ।

प्रहरीले सख्त घाइते भएका दुई जनालाई नै आक्रमणको निशाना बनाइए पनि वरपर बसेका अन्य व्यक्ति पनि हमलाका कारण घाइते भएको बताएको छ ।

घटना सोमबार १२ बजेर १० मिनेटको समयमा भएको थियो । – एएफपी