२० कार्तिक २०८३, शुक्रबार

आचारसंहिता विपरीत उद्घाटनमा दलका नेता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मेलम्ची, ५ वैशाख । निर्वाचन आचारसंहिता विपरीत सिन्धुपाल्चोक जिल्लामा राजनीतिक दल सडक उद्घाटनलगायतका कार्यमा व्यस्त हुन थालेका छन् ।

निर्वाचन आयोेगले निर्वाचनको मिति घोषणा भएपछि मतदातालाई प्रत्यक्ष प्रभावित पार्ने काम नगर्न आग्रह गरे पनि आचारसंहिता लत्याउँदै राजनीतिक दल चुनावको माहोल बनाउन लागेका छन् ।

मिति घोषणापछि सडक निर्माण, भौतिक संरचनाको उद्घाटन गर्न नपाउने भए पनि जिल्लामा माओवादी केन्द्रका नेता नयाँ सडक खन्ने तथा त्यसको उद्घाटनमा व्यस्त हुन थालेका छन् ।

नेकपा (माओवादी केन्द्र)का नेता एवम् पूर्वमन्त्री अग्नी सापकोटाले सातदोबाटेको नेपाली टोल हँुदै अदमारसम्म पुग्ने सडक उद्घाटन गर्नुभएको छ ।

सडक निर्माण सम्पन्न हुनासाथ माओवादी केन्द्रका नेताको सहभागितामा पूर्वमन्त्री सापकोटाले सोमबार सो सडकको उद्घाटन गर्नुभएको थियो ।
निर्वाचन आचारसंहिता विपरीत जिल्लाभर नै नेकपा (एमाले), नेकपा माओवादी, नेपाली काँग्रेसका नेताले काम गर्ने गरेको अन्य पार्टीले आरोप लगाएका छन् । रासस