झापा, ४ वैशाख । सामान्य प्रशासनमन्त्री केशव कुमार बुढाथोकीले यो र त्यो बहानामा निर्वाचन विथोल्ने खोजिएको बताउनुभएको छ ।
आज झापाको विर्तामोडमा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री बुढाथोकीले सविधान कार्यान्वयन गर्ने बहानामा कोही लेन्डुप दोर्जे बन्न लागेको भएपनि त्यस्तालाई जनताले नड्याइदिने दाबी गर्नुभयो ।
रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानले आयोजना गरेको ४ बटा पुरस्कार वितरण समारोहलाई सम्वोधन गर्नुहुँदै मन्त्री बुढाथोकीले पुरस्कृत चन्द्र भण्डारी काँचो मान्छे भएको र सम्मानले झापाको शिर उच्च भएको समेत बताउनुभएको छ ।
प्रतिष्ठानले आज एक लाख रुपैया राशिको अम्विका देवी ओली राष्ट्रिय पत्रकारिता पुरस्कारबाट झापाका पत्रकार चन्द्र भण्डारीलाई सम्मान गरेको हो । नेपाल पत्रकार महासघका संस्थापक महासचिव समेत रहेका भण्डारीलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति प्राडा गँगा उप्रेती, पूर्व कुलपति बैरागी काँइला लगायतले सम्मान गर्नु भएको हो । सोही अवसरमा झापाका महारानीझोडा साना किसान कृर्षि सहकारी सस्थालाई रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कारबाट समेत सम्मानित गरिएको छ । यो पुरस्कार को राशि पनि १ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै एक लाख रुपैया राशिकै गौरीदेवी ओली स्मृति राष्टिय आदर्श आमा पुरस्कारबाट हेटौडाको मानव सेवा आश्रमलाइ समेत पुरस्कृत गरिएको छ । एक लाख रुपैया राशिको यो पुरस्कार समारोह प्रतिष्ठानका अध्यक्ष गँगा ओली पाखेको सभापतित्वमा आयोजना गरिएको हो ।
बाल पुरस्कार ५० हजार र अन्य ३ पुरस्कार जनही एक एक लाख रुपैयाको रहेका छन् ।












प्रतिक्रिया