२८ आश्विन २०८३, बुधबार

चीनले पाकिस्तानलाई दियो तेस्रो समुन्द्री गस्ती जहाज

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ वैशाख । चीनले पाकिस्तानलाई तेस्रो समुन्द्री गस्ती जहाज दिएको छ । समुद्री सुरक्षाको हितमा ध्यान दिँदै चीनले ६०० टनको समुद्री गस्ती जहाज दिएको हो ।

यी दुबै देश सीपीईसी परियोजनासंगै अगाडि बढिरहेका छन् । जहाज चीनको ग्वान्जाओ प्रान्तमा आयोजित एक कार्यक्रमकाबीच पाकिस्तानको समुद्री सुरक्षा प्राधिकरणलाई हस्तान्तरण गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चीन शिप बिल्डिङ्ग ट्रेडिङ्ग कम्पनी लिमिटेड (सीएसटीसी) र चीन स्टेट शिपबिल्डिङ्ग कर्पोरेशन (सीएसएससी) शिजिआङ्ग शिपबिल्डिङ्ग कम्पनी लिमिटेडले यो जहाज निर्माण गरेको थियो । यसअघि पनि चीनले पाकिस्तानलाई यस्तै दुईवटा जहाज इिसकेको छ ।

सीपीईसी परियोजनाको राजमार्ग र रेल नेटवर्कका कारण पाकिस्तानको ग्वादर शहर चीनको शिनजिआङ्ग शहरसंग जोडिने भएको छ । यो परियोजनालाई २०१५ मा सुरु गरिएको थियो ।