२० कार्तिक २०८३, शुक्रबार

शान्तिको कामना गर्दै राष्ट्रिय झन्डासंगै बुद्ध झन्डा लिएर मेची-काली पदयात्रामा धमन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नरेश केसी

भैरहवा, ४ वैशाख । मुलुकमा शान्तिको कामना गर्दै नेपालको राष्ट्रिय झन्डा र बुद्ध झन्डा लिएर लुम्बिनीको प्रवेशद्धारा भैरहवा निवासी छबिलाल धवन मेचिकाली पदयात्रामा निस्केका छन् ।

विगत १३ वर्षदेखी एकल पदयात्रा गर्दै आएका धवनलाइ सिद्धार्थ बसपार्क भैरहवामा विएमजी ग्रुप भैरहवाले विदाई गरेको हो । उनको पदयात्राको सफलताको कामना गर्दै ग्रुपका अध्यक्ष ओमकार गौचनले धवनले नेपाल र भारतको विभिन्न शहरमा गरी अहिले सम्म २५ हजार किलोमिटर पैदलयात्रा गरीसकेको र धवनको मेचीकाली यात्राले मुलुकमा शान्तिको सन्देश छर्न महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे ।

चन्द्र र सूर्य अंकित नेपालको राष्ट्रिय झन्डा र त्यसको माथी बुद्ध झन्डा बोकेर हिडेका धवनलाई विदाई गर्न विएमजी ग्रुपले विशेष कार्यक्रम नै राखेको थियो । सो अवसरमा ग्रुपका अध्यक्ष गौचन सहित कार्यसमिती, नेपाल पत्रकार महासंघ रुपन्देहीका सहसचिव कमल रायमाझी, लुम्बिनी प्रेस क्लबका पुर्व उपाध्यक्ष मनोरन्जन शर्मा, खेलाडी शिवध्वज राई, सिद्धार्थ यातयातका लेखनाथ भट्टराई लगायतले यात्रा सफलताको कामना गर्दै माला लगाएर विदाई गरेका थिए ।

सो अवसरमा पदयात्री धवनले आइतबार भैरहवाबाट बसमा काकडभिट्टा जाने र बैशाख ५ गते काकडभिट्टाबाट पैदलयात्रा शुरु गर्ने जानकारी दिए । आफ्नो मेचिकाली यात्राबारे प्रस्टाउदै उनले भने ‘प्रत्येक दिन कम्तिमा २५ देखी ५० किलोमिटरको दूरीले पदयात्रा गरी २ महिनाभित्र यात्रा सिद्धाउने लक्ष्य छ । नेपालको राष्ट्रिय झन्डा र बुद्ध झन्डा बोकेर म सडकमा निरन्तर हिड्दा मुलुकमा शान्तिको लागी सूचना प्रवाह गर्नेछु ।’

विश्व शान्तिको केन्द्र लुम्बिनीको बासीन्दा भएकोले पनि उनको यात्रा सार्थक हुने उनका शुभचिन्तकले विश्वास व्यक्त गरेक छन् । धवनलाई सिद्धार्थ बसपार्कमा विदाइ गर्न उनको श्रीमती र एक छोरा पनि आएका थिए । सिद्धार्थनगर नगर पालिका वडा नम्बर ६ दयापथ निबासी ४९ बर्षका धवन बिगत १३ बर्ष देखि पदयात्रामा निस्किरहेका छन् ।

धवनको पदयात्रा प्रत्येक बर्ष भैरहवा बुद्धचोकबाट सुरु भई लुम्बिनी हुदै कपिलबस्तुको तिलौराकोट र त्यहा रहेका बिभिन्न बुद्धजीबनीमा आधारीत स्थल हुदै त्यहाबाट भारत श्रावस्ती पुगेर भारतका बिभिन्न धार्मिक, ऐतिहासिक र पर्यटकिय स्थलमा नेपालको राष्ट्रिय झन्डा फहराउदै हिडने गरेका छन् ।

दैनिक ३० किलोमिटरका दरले आफुले हिडने गरेको र बाटोमा बिद्यालय,मन्दिर ,पाटी पौवामा बास बस्ने गरेको धवनको अनुभब छ ।

धवनले १३ बर्षको अबधीमा भारतको जयपुर, राजस्थान, दिल्ली, बहराईच, बिहार, उत्तरप्रदेश, फतेहपुर, लखनउ, लगायत दर्जनौ स्थानमा राष्ट्रिय झन्डा फहराउदै पैदलयात्रा सम्पन्न गरिसकेका छन् ।

मुलुकमा शान्ति नआए सम्म आफ्नो पदयात्रा जारी रहने उन्को अठोट छ । पदयात्राका क्रममा बिभिन्न कठिनाई आएतापनि पछी त्यहाका पुलिस प्रशासनलाई नेपालबाट लिएर गएको कागजपत्र देखाएपछी सहयोग गर्ने र रातीमा हिडदा प्रहरीले स्कर्टिंग गर्ने गरेको समेत जनाए ।

भारतको सडकमा हिड्दा त्यहाँको एसएसबीले नेपालको झन्डा फहराउदै हिडेको देखेपछी दुशरे देशके झन्डा फहराते हो, अन्दर जाओगे भनेर भन्दा आफूले सबै कागज देखाएपछी उल्टै सहयोग गरेको उनले बताए । उनले दिल्ली नजिकै त्यहाँ साढे तीन दशक देखि रहदै आएका एक नेपालीले नेपालकै झन्डा चिन्न नसक्दा निकै दुःख लागेको स्मरण समेत गरे ।

टिभी कम्पयुटर मेकानिक्स रहेका धवन प्रत्येक बर्ष २ महिना पैदलयात्रामा निस्कदा ब्यबसायमा अप्ठेरो नपरुस भन्दै आफ्नी श्रीमती नेहा धवनलाई पनि मेकानिक्सको तालिम दिएको र आफ्नो अनुपस्थितीमा काम गर्न सक्ने भएकाले समस्या नआएको बताउछन् । उन्को बिशेषता भनेको पदयात्रा गर्दा जुत्ता नलगाई चप्पल लगाएर गर्नु हो ।

मुलुकमा विभिन्न माग गर्दै दल, समूह र व्यक्तिले अशान्ति मच्चाइरहेको बेला धवनको निस्वार्थ यात्राले सन्देश दिने धेरैले अपेक्षा गरेका छन् ।