काठमाडौं, ३ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले पश्चिम नेपालका प्रमुख शहरबाट आफ्नो चुनावी कार्यक्रम शुरु गरेको छ ।
अञ्चलस्तरीय निर्वाचन केन्द्रित कार्यक्रम अन्तरगत राप्रपाले आइतबार कैलालीको टीकापुरमा आमसभा सम्पन गरेको छ ।
पार्टीका अध्यक्ष कमल थापा र वरिष्ठ नेताद्वय लोकेन्द्र बहादुर चन्द, पशुपति शम्शेर जवराले चुनावी कार्यक्रमलाई संवोधन गरेका छन् ।
आगामी स्थानीय निर्वाचनलाई केन्द्रीय प्रचार प्रसारलाई आक्रमक रुपमा अगाडि बढाउने योजना बनाएको राप्रपाले सोमबार महेन्द्रनगर मंगलबार दाङ्गको तुलसीपुर, वैशाख ६ गते चितवन, ७ गते मकवानपुरको हेटौँडा र ९ गते झापाको दमकमा चुनावी सभा हुने पार्टी प्रवक्ता रोशन कार्कीले जानकारी दिइन् ।
झापाको दमकमा हुने चुनावी सभापछि अन्य स्थानका लागि चुनावी सभा तय गरिनेछ ।












प्रतिक्रिया