२० कार्तिक २०८३, शुक्रबार

लागूऔषधसहित एक जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, ३ बैशाख । सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म बिरगञ्जबाट खटिएको एपीएफ टोलीले पर्साको बिरगञ्ज उपमहानगरपालिका १६ बाट विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दिया जिल्लाको ठाकुरद्वार ६ स्थायी घर भई हाल काठमाडौंको सिनामंगलमा डेरागरी बस्ने २९ वर्षिय प्रकाश मल्ल छन् ।

गस्तीमा खटिएको एपीएफ टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका मल्ललाई जाँच गर्दा उनको साथमा फेनारगन ४० वटा, डाईजिपाम ४० वटा र नुरफिन ४० वटा थान बरामद गरेको छ ।

पक्राउ परेका मल्ललाई बरामद आगूऔषधसहित एपीएफ टोलीले आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीलाई बुझाएको छ ।