२० कार्तिक २०८३, शुक्रबार

सल्यानमा २ हजार ६ सय बढी बालबालिका विद्यालय बाहिर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


मिना बुढाथोकी सल्यान, ३ बैशाख । सल्यानमा २ हजार ६ सय बढी वालवालिकाहरु विद्यालय बाहिर रहेको एक तथ्यांकले देखाएको छ । सरकारले विद्यार्थी भर्ना अभियानलाई व्यापक बनाएको भएपनि विपन्न, अनाथ तथा शारीरिक अपांगता लगायतका बालकालिकाहरु विद्यालय बाहिर रहेका हुन् ।

विद्यार्थी भर्नाका लागि जिल्ला शिक्षा कार्यालय सल्यानले भर्ना अभियान नै चलाएको भएपनि ‘क’ र ‘ख’ वर्गका शारीरिक अपांगता भएका वालवालिकाहरु विद्यालय भर्ना हुन नसकेको जिल्ला शिक्षा अधिकारी देवीप्रसाद सुबेदीले स्वीकारे । उनीहरुलाई विद्यालय आउन कठिन हुने र दुर्गममा रहेका विपन्न परिवारहरुका वालवालिकाहरु पनि विद्यालय भर्ना नहुने भएकोले पनि उनीहरु शिक्षाबाट वञ्चित हुन पुगेको सुबेदी बताउँछन् ।

जिल्ला भित्रका सवै वालवालिकाहरु शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर यस वर्ष जिल्ला शिक्षा कार्यालय सल्यानले भर्ना अभियानलाई विशेष जोड दिएको सुवेदीले बताए । ‘पाठ्य पुस्तक समयमा नपाउदा पनि विद्यार्थीहरु विद्यालय नआउने गरेको जानकारीमा आएको छ ।’ जिशिअ सुबेदीले भने, ‘विद्यालय भर्ना नभएका घरधुरी सम्म पुग्नका लागि स्रोत केन्द्र र प्रअलाई निर्देशन दिएको छु ।’

विद्यालयले समयमै पाठ्य पुस्तक उपलव्ध नगराएर विद्यार्थी भर्ना हुन नआए त्यस्ता विद्यालयका प्रअलाई कानुन अनुसार कारवाही गरिने उनले बताए । ‘विद्यार्थी भर्ना भएकै दिन पाठ्य पुस्तक उपलव्ध गराउन विद्यालयलाई निर्देशन दिएको छु । कुनै हालतमा पनि वैशाख १५ गते सम्म पाठ्य पुस्तक खरिद गरी विद्यार्थीलाई उपलव्ध गराउन नसक्ने प्रअले ५ गते सम्म खवर गर्ने भनेर परिपत्र गरेका छौं सोही अनुसार अगाडी वढ्छौं ।’ उनले भने ।

सल्यानमा १ देखि ५ कक्षासम्म ३६ हजार ९७, कक्षा ६ देखि ८ सम्म १९ हजार ४ सय ५६, कक्षा ९ र १० मा ११ हजार २ सय ९१ गरी जम्मा ६६ हजार ८ सय ४४ विद्यार्थी विद्यालयको पहुँच भित्र छन् ।