
अनिल खत्री गुल्मी, ३ बैशाख । नयाँ शक्ति पार्टी नेपाल जिल्ला परिषद गुल्मीले नयाँ संयोजक चयन गरेको छ ।
परिषदका जिल्ला संयोजक मनिराम ज्ञवाली माओवादी केन्द्रमा प्रबेश गरे लगत्तै नयाँ संयोजकमा परिषदका केन्द्रीय सदस्य रहेका तेजेन्द्र थापालाई जिम्मेवारी दिएको पत्रकार सम्मेलन मार्फत जनाएको छ ।
शुक्रवार जिल्ला परिषद गुल्मीका केहि व्यक्तिहरुले पार्टीको लेटर प्याड र संस्थागत छाप दुरुपयोग गरि मनोमानी ढंगबाट नयाँ शक्ति पार्टी माओेवादी केन्द्रमा समायोजन भएको भनेर भ्रम सिर्जना गरेको नयाँ शक्तिले आरोप लगाएको छ ।
पार्टीले आकस्मिक बैठक बसी उक्त घटनाप्रति घोरआपत्ति जनाउँदै बिज्ञप्ति निकालेको थियो । पार्टीले जिल्ला संयोजकमा थापालाई जिम्मेवारी प्रदान गरेपनि अन्य पदमा भने पुरानै कमिटीका पदाधिकारी यथावत छन् ।












प्रतिक्रिया