२० कार्तिक २०८३, शुक्रबार

ट्याक्टरको ठक्करबाट पत्रकार कार्की घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाईघाट, २ बैशाख । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा शनिबार विहान भएको सवारी दुर्घटनामा परी पत्रकार देवेन्द्र कार्की घाइते भएका छन् ।

सप्तरीको शिशुवारीमा रहेको ससुराली घरबाट को.२७.प ४२९१ नम्बरको मोटरसाईकलबाट सप्तरीको फत्तेपुरतर्फ जाँदै गरेका धरान नगरपालिका १३ का ३५ बर्षीय कार्कीलाई विपरित दिशाबाट आउँदै गरेको स.१.त.३२७३ नम्बरको ट्याक्टरले नेपाली सेनाको १८ नम्बर वाहिनी अगाडी ठक्कर दिएको हो ।

तिव्रगतिमा आएको ट्याक्टरलाई चालकले नियन्त्रणमा लिन नसक्दा दुर्घटना भएको प्रत्यक्षदर्शी धुर्व खत्रीले बताए । ट्याक्टरको ठक्करबाट घाइते भएका कार्कीलाई तत्काल वाहिनी मातहतमा रहेको सर्पदंश केन्द्रमा उपचार पछि जिल्ला अस्पताल पठाइएको थियो । दुर्घटनामा दाहिने हात र दाहिने खुट्टा भाँचिएका कार्कीको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि सुविधायुक्त अस्पतालमा रेफर गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ओमबहादुर रानाले जानकारी दिए ।

घाइते कार्कीको हाल विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । टाउकोमा चोट लागेका कार्कीको अवस्था अझै गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकलाई उदृत गर्दै भाई खगेन्द्र कार्कीले जानकारी दिए ।

धरानबाट प्रकाशित बलाष्ट टाईम्स दैनिकका कार्यकारी सम्पादक रहेका कार्की प्रेस चौतारी नेपाल सुनसरी शाखाका अध्यक्ष र नेपाल पत्रकार महासंघका पार्षद हुन् ।