नयाँदिल्ली, २ वैशाख । भारतको कश्मिरमा सेनाको जीपको अगाडि कश्मिरी युवालाई बाँधिएको एउटा भिडियो अहिले निकै भाइरल भएको छ । भिडियोमा एक जना युवालाई जीपमा बाँधिएको छ । ती युवक अत्यन्तै विक्षिप्त अवस्थामा छन् ।
युवकलाई ढुंगा नहानोस् भनेर सेनाले आफ्नो गुडिरहेको जीपको अगाडिको भागमा बाँधेको हो । यो भिडियो जम्मु कश्मिरका पूर्वमुख्यमन्त्री उमर अब्दुल्लाले ट्वीट गरेपछि भाइरल भएको हो ।
उनले भनेका छन्, ‘म कश्मिरमा सीआईपीएफको जवानमाथि भएको हातपातको डिभियाले उत्पन्न आक्रोसलाई बुझ्न सक्छु । तर, आर्मीको जीपमा बाँधिएका कश्मिरी जवान देखेर मानिसहरुले त्यति नै आक्रोस किन आएन, यसले चिन्तित छु ।’
यो भिडियोमा ढुंगा हान्नेहरुको यही हाल हुनेछ भन्ने सुनिन्छ । सेनाले यसबारे अनुसन्धान भइरहेको जनाएको छ । – एजेन्सी













प्रतिक्रिया