
भैरहवा, ३१ चैत्र । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले आगामी निर्वाचनलाई लक्षित गरि विभिन्न प्रलोभन देखाउँदै बदमासहरु गाउँमा छिर्ने समय भएकाले त्यसमा सचेत हुनुपर्ने बताएका छन् ।
अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पसले नव वर्षको २०७४ को पूर्वसन्धयामा आयोजना गरेको शुभकामना आदानप्रदा तथा भित्तेपात्रो विमोचन कार्यक्रममा बोल्दै उनले यस कुरामा विद्यार्थीले बढी सचेत हुनुपर्नेमा जोड दिए ।
चुनाबलाई लक्षित गर्दै विभिन्न दलका व्यक्तिहरु प्रलोभन देखाएर गाउँ पस्ने भएकाले त्यसमा सबैले सचेत हुनुपर्ने उनले बताए । उनले भने, ‘पढे लेखेका तपाईहरुले यस कुरामा बढी ध्यान दिनुपर्ने सुझाव दिए ।
‘चुनाबको बेला केही दलका नेताहरु दुई÷चारवटा विजुलीका पोल, टोल छिमेकको बाटो बनाइदिने बहनामा र रक्सी मासु खुवाएर भुलाउन पनि पछि पर्दैनन् ।’ उनले भने, ‘आफ्नो स्वार्थ पूर्ति भएपनि जनतालाई कंगाल हुनेगरी चुस्नेछन्, होसियार हुनुहोला ।’
सोही अवसरमा उनले नेपालको शिक्षा नीति प्रभावकारी हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् । शिक्षा प्रणालीको सुधार आवश्यक भएको औंल्याए ।












प्रतिक्रिया