काठमाडौ, ३१ चैत्र । आगामी निर्वाचनका लागि दलीय चुनाव चिन्हको माग गर्दै नयाँ शक्तिसहितका ६५ दलहरु रिले अनशनमा बस्ने भएका छन् । दलहरु निर्वाचन कार्यालय घेराउ र विभिन्न विरोधका कार्यक्रमपछि रिले अनशनमा बस्ने तयारी गरेका हुन् ।
रिले अनशन बैशाख २ गते देखि ८ गतेसम्म बस्ने कार्यक्रम छ । रिले अनशन शान्तिबाटिकामा विहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म चल्ने छ । आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नका लागि आज दिउसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।
यस अघि गत बैशाख २० गते निर्वाचन आयोगको कार्यलय घेराउमा गएका नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईसहितका नेतालाई प्रहरीले १२ घण्टा नियन्त्रणमा लिएको थियो । दलीय चुनाव चिन्हबाट बंचित गराइएको भन्दै नयाँ शक्तिसहितका ६५ दल आन्दोलनमा छन् ।












प्रतिक्रिया