
अनिल खत्री गुल्मी, ३० चैत । नयाँ वर्षको अवसरमा बैशाख १ गते देशभरका साइलक यात्री गुल्मीको भासैमा पुग्ने भएका छन् । नववर्षको अवसरमा सुरु हुन गइरहेका राईट फर भार्से फलाई फर भार्से कार्यक्रममा सहभागी हुन साइकल यात्री भार्से पुग्न लागेका हुन् ।
कार्यक्रममा तयारी पुरा भइसकेको भार्सेली युवा विश्व सञ्जालका अध्यक्ष किशन थापाले जानकारी दिए । उनका अनुसार पहिले देशभरका साईकल यात्रीहरु वुटवलमा जमघट हुनेछन् भने त्यहाँबाट हिडेर साईकल यात्री बुधवार साँझ रुरु फ्रेण्डश क्लव पुग्ने छन् । जहाँ उनीहरुको भव्य स्वागत गरिने छ ।
रिडीबाट चैत ३१ गते विहान हिडेका साईकल यात्रीहरु जोहाङ्ग खैरेनी हुँदै साँझ भार्से पुग्ने आयोजकले जनाएको छ । २५ जना भन्दा बढी साईकल यात्रीहरुलाई स्थानिय परम्परागत लोक सांस्कृति र परिकारले स्वागत गरिनेछ ।
बैशाख १ गते विहान भार्से जनसहयोग माध्यामिक विद्यालयको वार्षिकोत्सव समारोहमा साईकलीङ्ग रेस गरिने छ भने मयलडाँडा र देउराली डाँडाबाट प्याराग्लाईडिङ्ग हुर्ने भार्सेली युवा विश्व सञ्जालका अध्यक्ष थापाले जानकारी दिए ।
फोक्सिङ्ग हुँदै साईकल यात्रीहरु सेतीवेनी पुगेर स्टिमरबाट तल मिर्मी ड्यामको यात्रा गर्ने छन् । तेश्रो दिन विविध सांस्कृतिक कार्यक्रमका विच कार्यक्रमको समापन गरिने कार्यक्रम रहेको छ ।
कार्यक्रममा विश्व साईकल यात्री पुस्कर शाह र विश्वकीर्तिमान कार्यक्रम गर्न सफल सानुवावु सुनुवार आकर्षणको केन्द्र हुनेछन् । पहिलो दिन जिल्ला भर र छिमेकी जिल्लावासी समेत सहभागी हुने आयोजकले अपेक्षा राखेका छन् ।












प्रतिक्रिया