२० कार्तिक २०८३, शुक्रबार

सडक दुर्घटना हुँदा दुईजनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धुलिखेल, ३० चैत । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ११ को पिप्ले भन्ने स्थानमा आज बिहान सडक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ओखलढुङ्गा जिल्ला कार्केश्वरी गाविस–३ का ३५ वर्षीय मीनबहादुर पौडेल रहेका छन् भने अर्का एकजनाको सनाखत हुन बाँकी छ ।

इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठका अनुसार काठमाडौँबाट सिन्धुलीतर्फ गइरहेको बा४५प ६७५३ नंको मोटरसाइकल ना१ज ४६९५ नंको सुमोलाई ओभरटेक गरेर अघि बढ्दा दिक्तेलबाट काठमाडौँतर्फ आइरहेको बा४ख ६०३ नंको बससँग ठोक्किन पुगेको थियो ।

मोटरसाइकलमा सवार दुवैजनाको मृत्यु भएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । छजना घाइतेलाई धुलिखेल अस्पतालमा उपचारका लागि ल्याइँदैछ । रासस