२० कार्तिक २०८३, शुक्रबार

देउवाले ओलीको ‘खिल्ली’ उडाएपछि एमाले आक्रोशित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत । नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवाको अभिव्यक्तिमा आपत्ति जनाएको छ ।

सोमबार बसेको स्थायी समिति बैठकले हिजो कैलालीको अत्तरियामा नेपाली कांगे्रसद्वारा आयोजित आमसभालाई सम्बोधन गर्ने क्रममा सभापति देउवाले आफ्नो पार्टी र नेतृत्वलाई लाञ्छित गर्ने ढंगले दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गरेको हो ।

बैठक आगामी दिनमा यस्ता हल्का फुल्का अभिव्यिक्त नदिन देउवालाई समेत समेत गराएको छ । ‘सत्तामा रहेको जिम्मेवार पार्टीको शीर्ष नेतृत्वबाट सामाजिक संवेदनशीलता, मुलुकको भौगोलिक एकता, अखण्डताजस्ता गम्भीर प्रश्नमा हल्काफुल्का टिप्पणीहरु नगर्न बैठकले सचेत गराएको छ,’ बैठकपछि एमालेद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

आइतबार अत्तरीयामा आयोजित आमसभालाई सम्बोधन गर्दै देउवाले ओलीलाई उखान टुक्काले देश बन्दै भन्दै आलोचना गरेका थिए ।