२० कार्तिक २०८३, शुक्रबार

सिडिओ कार्यालयका खरिदार नै अपहरणकारी ! यसरी हडपे निर्दोष नागरिकको जमिन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– राजकुमार ओली

झापा, २८ चैत । निर्दाेष नागरिकको अपहरणमा संलग्न भएको अभियोगमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार प्रहरी फन्दामा परेका छन् ।

झापा अर्जुनधारा नगरपालिकाका जीवन विष्टलाई अपहरण गरि शरिर बन्धक बनाइएको आरोपमा जिप्रका झापामा कार्यरत खरिदार भद्रपुर– ७ का तेजेन्द्र न्यौपानेलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको हो ।

खरिदार न्यौपानेसँगै अपहरण मुद्दामा मेचीनगर– ८ का भुपु कान्छा भनिने अजय राई र भद्रपुर– ६ का ४० बर्षीय प्रेम न्यौपाने समेत पक्राउ परेका छन् । घटनामा संलग्न अन्य अभियुक्तको खोजी भइरहेको झापाका प्रहरी प्रमुख एसपी शैलेश थापाले जानकारी दिए ।

गत चैत २५ गते इलाका प्रहरी कार्यालय विर्तामोडमा अर्जुनधारा नगरपालिकाका जीवन विष्टको मानव अपहरण तथा शरीर बन्धकको उजुरीको आधारमा उनीहरुलाइ पक्राउ गरिएको बताइएको छ ।

पक्राउ परेकाहरुमाथि म्याद थप गरि अनुसन्धान जारी राखिएको र अन्यको खोजीलाई तिव्रता दिएको प्रहरीको भनाई छ ।

पीडित विष्टलाई जिल्ला प्रशासन कार्यालय झापाका कर्मचारी तेजेन्द्र न्यौपाने, मेची नगरका अजय राई र भद्रपुरका प्रेम न्यौपाने लगायतको समूहले अपहरण गरि जमिन जबरजस्ती पास गराएको उजुरी प्रहरीमा परेको छ ।

उजुरीमा अनुसन्धान गर्ने क्रममा सिडिओ कार्यालयका खरिदारसहित ३ जना पक्राउ परेका हुन् । घटनामाथि अनुसन्धान जारी रहेको र छिट्टै वास्तविकता सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

अनुसन्धानको क्रममा मालपोत कार्यालय भद्रपुरको समेत घटनामा संलग्नता देखिएको पाइएको छ ।