२८ आश्विन २०८३, बुधबार

सैनिक प्रमुखको हत्या प्रयास

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोगादिसु, २८ चैत । सोमालियाका नवनियुक्त सेना प्रमुख मोहमद अहमद जिमालेलाई लक्षित गरी आइतबार आत्मघाती विस्फोट गराइएको छ ।

विस्फोट सेना प्रमुख जिमालेलाई नै लक्षित गरिएको भए पनि उहाँ आक्रमणबाट बच्न सफल हुनुभएको छ । यद्यपि छ सेनासहित सेना प्रमुखको नजिकै गुडिरहेकोे एक मिनीबसका आठ जनाको भने घटनामा मृत्यु भएको सोमालियाली वरिष्ठ प्रहरी अधिकृत मोहम्मद हुसेनले बताउनुभयो ।

घटनाको सोमालियाली इस्लामिक स्टेट (आईएस) अतिवादी विद्रोही समूह अल सबाबले जिम्मेवारी लिएको छ । विस्फोटपछि उक्त स्थलमा धुवाँको ठूलो मुस्लो उडेको देखिएको र मुस्लो नजिकै भयङ्कर गोली चलाएको आवाज सुनिएको एक प्रत्यक्षदर्शीले बताए ।

एकै छिनमा विस्फोटबाट क्षतिग्रस्त मिनीबस सडकमा देखिएको थियो भने सडकभरी रगतको पोखरी देखिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । – एजेन्सी