दमक, २७ चैत । झापाको दमकमा प्रेस चौतारी नेपालको तालिम सञ्चालन समिति क्षेत्र नम्वर ७ ले आज सञ्चार माध्यमको महत्व र नागरिकका सवाल बिषयमा तालिम सम्पन्न गरेको छ ।
प्रेस चौतारीको तालिम सञ्चालन समिति क्षेत्र नम्वर ७ झापाले आयोजना गरेको एक दिने तालिममा सञ्चार के हो, सञ्चारको महत्व, सञ्चार माध्यमको प्रकार, स्थानिय तहमा सूचना र सञ्चारको भूमिका, कसरी पुग्ने सुचनाको पहँचमा लगायतका बिषयमा छलफल गरिएको हो ।
सोही तालिममा हालको संविधानले ब्यवस्था गरेको प्रतिनिधि सभा, राष्ट्रिय सभाको वनावट, प्रदेश सभाको बनावट, नगरपालिका र गाउँ पालिकामा प्रतिनिधि चयन हुने प्रकृयाको बिषयमा छलफल गरिएको थियो । नगरपालिकाको मेयर, उपमेयर, प्रत्येक वडाका वाड अध्यक्ष, दलित महिला, महिला सदस्य र अन्य सदस्य चयनका बिषयमा विमर्श गरिएको प्रेस चौतारीले जनाएको छ ।
निर्वाचनका विविध बिषयमा सहभागीले राखेका बिभिन्न जिज्ञासाको जवाफ प्रशिक्षक अधिवक्ता नारायण भटराईले दिनु भएको थियो । स्वीधन साप्ताहिकका सम्पादक माधव बिद्रोहीले तालिम दिनु भएको थियो । सहभागी सामाजिक अगुवाहरुले आफनो गाउँ ठाउँमा भएका कार्यक्रमहरुले सञ्चार माध्यममा स्थान नपाएको गुनासो राखेका थिए ।
प्रशिक्षक बिद्रोहीले तिनीहरुको गुनासोको बिषयको जवाफ दिदै समाचार सम्प्रेणको बिधिकाबारेका बताउनु भएको थियो । तालिमका प्रमुख अतिथि हिमाल खबरका झापा संवाददाता तथा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य गोपाल गड्तौलाले सुचना र सञ्चारको महत्व बृद्धिसंगै विज्ञान र प्रविधिसंग प्रतिष्पर्धा गर्नु पर्ने बताउनु भयो । अहिलेको सामाजिक सञ्जाल लगायतका प्रविधिलाई आफनो बसमा ल्याउन नसके ब्यक्ति पछि पर्ने उहाँले बताउनु भयो । कार्यक्रमका बिशेष अतिथि एमाले झापा सदस्य केन्द्र प्रसाईले हरेक क्षेत्रमा नौलो नयाँ अवधारण आवश्यक भएको बताउनु भयो ।
मानिस ज्येष्ठ भए पनि उसमा उर्जाशील बिचार र अवधारण जरुरी रहेको बताउनु भयो । पुर्व प्रधानमन्त्री तथा क्षेत्र नम्वर ७ का सांसद केपी ओलीको सांसद बिकास कोषको सहयोगमा भएको तालिमको प्रेस चौतारी जिल्ला अध्यक्ष मुक्ति पौडेलको अध्यक्षता गर्नु भएको थियो । कार्यक्रममा पत्रकार महासंघ झापाका सदस्य अनिल देव राई र पत्रकार मञ्च दमकका अध्यक्ष बिष्णु पोखरेल लगायतका अहिलेको फेसबुक सामाजिक सञ्जाल, टुवीट लगायतका सुचना सञ्चारलाई सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।













प्रतिक्रिया