२० कार्तिक २०८३, शुक्रबार

जलउत्पन्न डिभिजन लहानद्वारा आचारसंहिता उल्लंघन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सन्तोष यादव

सिरहा, २७ चैत । लहानस्थित एक सरकारी कार्यालयले स्थानीय तह निर्वाचन आचारसंहिता उल्लंघन गरिरहेको पाइएको छ । लहानस्थित जलउत्पन्न डिभिजन कार्यालय लहानले निर्वाचन आचारसंहिता बिपरित काजमा रहेको कर्मचारीलाई फिर्ता नगरी काम लगाइएको पाइएको छ ।

उक्त कार्यालयमा करिब ६ महिनादेखि लगातार चार जना इन्जिनियरहरु काजमा कार्यरत छन् । करिब ६ महिना देखि उक्त कार्यालयमा इन्जिनियर प्रेमचन्द चौधरी, श्यामसुन्दर सिंह, चन्देश्वर महतो र गजेन्द्र प्रसाद गुप्ता काजमा कार्यरत रहेको कार्यालय प्रशासन शाखाले जनाएको छ ।

स्थानीय तह निर्वाचन आचारसंहिता अनुसार काजमा रहेको कर्मचारीहरु फिर्ता हुनुपर्छ । तर आफ्नो कार्यालयमा काज फिर्ता सम्बन्धि परिपत्र नआएकाले कुनै प्रकृया अगाडि नबढाइएको प्रशासन शाखाका एक कर्मचारीले बताए ।

इन्जिनियरहरु प्रेमचन्द चौधरीको दरबन्दी बागमती अञ्चल, श्यामसुन्दर सिंहको सिचाइ बिभाग, चन्देश्वर महताको महोत्तरी र गजेन्द्र चौधरीको पुलमा कबिर ६ महिना अगाडि जलउत्पन्न डिभिजन कार्यालय लहानमा काजमा स्थानान्तरण भएका थिए ।

यस विषयमा कार्यालयका डिभिजन इन्जिनियर रामनरेश मण्डलसंग पटक–पटक सम्पर्क गर्दा सम्पर्कमा आउन चाहेनन् । स्रोतका अनुसार डिभिजन इन्जिनियर मण्डल कार्यालयमा बस्दैन् । कहिले काँहि कार्यालय आएपनि हाजिर बनाएर केहि घण्टामै बाहिर निस्कने गर्छन् ।

काजमा बसिरहनु आचारसंहिता विपरित

जिल्ला निर्वाचन कार्यालय सिरहाकी अधिकृत इन्दिरा यादवले निर्वाचन आचारसंहिता लागिरहेको समयमा कर्मचारीहरु काजमा बसिरहनु गलत भएको बताइन् ।

उनले भनिन् –‘काजमा आएका कर्मचारीहरु फिर्ता हुनुपर्ने हो । किन फिर्ता भएको छैन । यस बिषयमा सम्बन्धित कार्यालय संग बुझ्छुृ ।’

उनले ६ महिनासम्म कर्मचारी काजमा बस्नु निजामति सेवा ऐन, २०४९ र नियमावली २०५० को समेत विपरित भएको बताइन् । नियमावलीमा तीन महिना सम्म मात्रै काज बस्न पाउने व्यवस्था छ ।