पोखरा, २६ चैत । युबा संघ अन्नपूर्ण गाउँपालिकाको भेला सनिबार सम्पन्न भएको छ । भेलाले शिव अधिकारिको संयोजकत्वमा ३३ सदस्यीय गाउपालिका कमिटी गठन गरेको छ ।
कमिटिको सह-संयोजकमा नबराज केसी, सचिबमा शिव देबकोटा, सह सचिबमा खेम कुबर र कोषाध्यक्षमा अर्जुन बिक रहेका छन् ।
भेलाको युवा संघका केन्द्रिय अध्यक्ष राजीब पहारीले उद्घाटन गरेका थिए । पहारीले युबाहरु राजनीतिक परिबर्तनका सम्बाहक मात्रै हैनन समृद्धिका सहयात्री पनि भएको बताए । देश र जनताको समृद्धि एमालेबाट मात्रै सम्भब भएको हुँदा देशैभरी स्थानीय तहको चुनाब एमालेलाई जिताउन आग्रह गरे । कास्कीलाई मात्रै हैन देशका ७५ जिल्ला नै युबा संघले एमालेको लाल किल्ला बनाएरै छाड्ने उनको जिकिर थियो ।
कार्यक्रममा युबा संघ केन्द्रिय सचिबालय सदस्य रमेश आचार्य, अनेरास्ववियु केन्द्रिय सदस्य भरत गुरुङ, संघका जिल्ला अध्यक्ष बिष्णु पुन, जिल्ला सचिब डिल्लीराम सुवेदी, कास्की क्षेत्र नं. ४ अध्यक्ष पान बहादुर जिसी लगायतले बोलेका थिए ।












प्रतिक्रिया