काठमाडौं, २६ चैत । अमेरिकामा एकपछि अर्को भारतीय नागरिकको हत्या भइरहेको छ । हिजो शुक्रबार मात्रै पनि अर्को एक भारतीय युवकको हत्या भएको छ । दुई जना नकाबधारीको गोली लागेर उनको निधन भएको बताइएको छ ।
अमेरिकाको वाशिङ्टनमा २६ वर्षीय युवाको हत्या भएको भारतीय विदेशमन्त्री सुषमा स्वराजले ट्विटमार्फत जानकारी दिएकी छन् । उनकाअनुसार भारतका पञ्जावका विक्रम जर्याल नाम गरेका युवकमाथि आक्रमण भएको हो । उनले युवकको निधन भएको रिपोर्ट आफूसमक्ष आएको जानकारी समेत दिएकी छन् ।
उनको हत्याको कारण भने खुल्न सकेको छैन । अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति नियुक्त भएपछि तीन भारतीयको हत्या भइसकेको छ । विक्रम जर्याल काम गर्न २५ दिनअघि मात्र अमेरिका गएका थिए । उनी त्यहास्थित आफ्नो परिवारिक मित्रको एउटा ग्यास स्टेशनमा क्लर्कको भूमिकामा काम गर्दै आएका थिए ।













प्रतिक्रिया