याङ्गोन (म्यानमार), २६ चैत । पश्चिम म्यानमारमा करिव ८० जना लिएर शुक्रबार साँझ बन्दरगाह शहर पाथेन नजिकैको नदीमा हिँडेको एउटा डुङ्गामा अर्को एक सामान ओसार्ने डुङ्गासँग ठक्कर खाँदा भएको दुर्घटनामा कम्तिमा बीस जनाको मृत्यु भएको म्यानमारको अधिकारीले शनिबार बताएका छन् ।
डुङ्गामा यात्रारत करिव ३० जनालाई जीवितै उद्धार गरिएको छ । घटनामा मृत्यु हुनेमा १६ जना महिला र चार जना पुरुष रहेका क्षेत्रीय सांसद.् आङ् थु हट्वीलाई उदृत गर्दे एफएफपीले जनाएको छ ।
स्थानीय सञ्चारमाध्यममले डुङ्गा एक विवाह समारोहमा सहभागी भइ फर्केका स्थानीयले भरिएको थियो । म्यानमारमा डुङ्गाको भारवहन क्षमताभन्दा बढी यात्रु बोकेर यात्रा गर्दा वर्षेनी सयाँै मानिसको ज्यान जाने गरेको छ ।
सन् २०१६ को अक्टोबरमा भएको एक दुर्घटनामा मध्य म्यानमारमा रहेको चिनड्वीन नदीमा केही शिक्षक शिक्षिका र विद्यार्थी सहित ७३ जनाको मृत्यु भएको थियो ।रासस/एएफपी














प्रतिक्रिया