बारा, २५ चैत । नेकपा एमाले बाराका अध्यक्ष सुन्दर बिकले अबको निर्बाचनमा बारामा एमाले पहिलो पार्टी हुने दाबी गर्नु भएको छ ।
उहाँले सरकारमा रहेका दालको भुमिका प्रतिपक्षको जस्तो रहेको दाबी गर्नुभयो । नेकपा एमाले जितपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर १९ को इनवर्सिरामा आयोजित भेलामा सो कुरा बताउनु भएको हो ।
सुदन दासको सभापतित्वमा सम्पन्न कार्यक्रममा एमाले प्रदेस नम्बर २ का सदस्य भरत खडका, जिल्ला उपाध्यक्ष देवनारायन चौधरी, केन्द्रीय बिभागका सदस्य पलट चौधरी, किशोर शर्मा, एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेल, जिल्ला सचिवालय सदस्य इश्वर ढकाल, रमेश चौधरी, जिल्ला निर्वाचन प्रमुख राधेश्याम सिबाकोटी, कमलेस झा, नगर संयोजक कृष्ण खनाल, मुस्लिम अन्सारी, सुभल्क्षमन चौधरी लगायतले बोल्नु भएको थियो । भेलाले सुदन दासको संयोजकत्वम १११ सदस्यीय प्रचारप्रसार समिति गठन गरेको छ ।












प्रतिक्रिया