२८ आश्विन २०८३, बुधबार

रसायनिक हमलामा निर्दोष बच्चा मरेपछि सिरियामाथि ट्रम्पले चाले कडा कदम

7.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेरुत, २५ चैत । सिरिया माथी अमेरिकाले शुक्रबार गरेको आक्रमणको सिरियाको विद्रोहीले स्वागत गरेका छन् । अहिले भएको यो आक्रमण नै पर्याप्त नभएको भन्दै उनीहरुले अझ धेरै आक्रमण गर्न अमेरिकालाई आह्वान पनि गरेका छन् ।

सिरियाली शासक बशर अल असद नेतृत्वको सरकारले रासायनिक हतियार प्रयोग गरी सर्वसाधारणविरुद्ध ज्यादति गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा मिसाईल आक्रमण भएको हो । राष्ट्रपति ट्रम्पले न्यायका लागि आक्रमण गरिएको बताउनु भएको छ ।

सिरियाको मध्य भागमा भएको आक्रमण ६ बर्ष लामो द्धन्द्धको अवधिमा भएको पहिलो अमेरिकी आक्रमण हो । “यो एउटा हवाई आक्रमण मात्रै पर्याप्त छैन, जनतालाई लक्षित गरेर यहाँ २६ ओटा हवाई आक्रमण भएको छ,” आर्मी अफ इस्लाम फ्याक्सनका प्रमुख मध्ये एक मोहम्मद अलौसले ट्विटरमा लेख्नु भएको छ ।

राष्ट्रपति असर अल असदको शासनबाट सिरियाली जनतालाई मुक्त गर्न संपूर्ण विश्व लाग्नु पर्ने उहाँको भनाई छ । अन्य विद्रोही समुहले पनि अमेरिकी आक्रमणको स्वागत गर्दै सिरियाली शासकविरुद्ध निरन्तर यस्तै हमला गर्न आह्वान गरेका छन् ।

सिरियाली शासकविरुद्ध क्रुद्ध हुने क्रममा अमेरिकाले ५९ टोमाहक क्रुज मिसाइलले शुक्रबार आक्रमण गरेको छ ।

सिरियाली शासक बशर अल असद नेतृत्वको सरकारले रासायनिक हतियार प्रयोग गरी सर्वसाधारणविरुद्ध ज्यादति गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा मिसाईल आक्रमण भएको हो । राष्ट्रपति ट्रम्पले न्यायका लागि आक्रमण गरिएको बताउनु भएको छ ।

अमेरिकाले गत मंगलबार सिरियामा गरिएको रासायनिक आक्रमण गम्भीर भएको र यसको जवाफ त्यही अनुसार नै दिनुपर्ने प्रष्ट पारेको थियो । सिरियाले भने अमेरिकी आक्रमणको भत्सर्ना गरेको छ ।

आक्रमणमा परी अहिले सम्म ६ जना सिरियाली सैनिक मारिएको सिरियाको सरकारी सेनाले दावी गरेको छ । सिरियाको सरकारी टेलिभिजनले अमेरिकाको आक्रमणलाइ “अमेरिकी उदण्डता” को संज्ञा दिएको छ । – एएफपी