२८ आश्विन २०८३, बुधबार

बङ्लादेशका प्रधानमन्त्री भारत भ्रमणमा, दिल्ली-ढाका बस र रेल सेवा सुरु गर्ने तयारी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, २५ चैत । बङ्लादेशका प्रधानमन्त्री शेख हसिना चार दिने औपचारिक भ्रमणका लागि शुक्रबार नयाँदिल्ली आइपुग्नु भएको छ ।

उहाँलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्ली विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

भ्रमणका क्रममा हसिनाले भारतका समकक्षी मोदी, राष्ट्रपति, उपराष्ट्रपतिलगायतका उच्च राजनीतिक व्यक्तिसँग भेटबार्ता गर्नुहुने कार्यक्रम रहेको जनाइएको छ ।

भारत र बङ्लादेशले नागरिक आणविक उर्जासम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर पनि गर्ने तयारी भएको छ ।

भारत र बङलादेशका सहरबाट एक आपसमा आवतजावत गर्नेगरी बस र रेल सेवा सुरु गर्ने बारेमा पनि दुवै देशले तयारी गरेका छन् ।

दुई देशबीचको व्यापार बढाउने बारेमा पनि विभिन्न तहमा छलफल गर्ने तयारीका साथ हसिना चार दिने भ्रमणका लागि भारत आइपुग्नु भएको हो । – सिन्ह्वा