काठमाडौं, २५ चैत । काठमाडौंको टोखामा एक महिला दिउँसै लुटिएकी छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार टोखा नगरपालिका–७ धापासी स्थित स्वस्तिक कोलोनी बस्ने ५२ बर्षीया मिना प्रधान आफ्नै घर भित्र पस्ने क्रममा बिहीबार अपरिचित व्यक्तिहरुले उनीले बोकेको नगद १ लाख ७५ हजार रुपैयाँ, सामसुङ मोवाईल १ थान र ए वान मनि ट्रान्सफरको सटरको चाबी भएको हाते झोला लुटी फरार भएका हुन् ।
फरार लुटेराहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया