– आकाश देबकोटा
बाँके, २४ चैत । बाँकेको कोहलपुरमा चैत्र २६ गतेदेखि ३१ गते सम्म निःशूल्क बृहत योग विज्ञान शिविर सञ्चालन हुने भएको छ । योग एवम् प्राकृतिक स्वास्थ्य समाज नेपालको आयोजनामा उक्त शिविर हुन लागेको बिहीबार पत्रकार सम्मेलन गरी योग एवम् प्राकृतिक स्वास्थ्य समाज नेपालका प्रचार प्रसार विभाग प्रमुख जयसिंह केसीले जानकारी दिए । उक्त शिविरमा पतञ्जली योग समिति नेपालका प्रशिक्षक लोकनाथ खनाल मुख्य प्रशिक्षकको रुपमा उपस्थिति हुने आयोजकले जनाएको छ ।
योगको महत्व बारेमा बुझ्नका लागि शिविर आयोजना गर्न लागिएको योग एवम् प्राकृतिक स्वास्थ्य समाज नेपालका अध्यक्ष नम प्रसाद शर्माले बताएका छन् । उनका अनुसार स्वास्थ्यलाई स्वस्थ्य बनाउनका लागि योगा गर्नु पर्छ ।
साथै पत्रकार सम्मेलनमा योग एवम् प्राकृतिक स्वास्थ्य समाज नेपालको नेतृत्वमा निकट भविष्यमा पतञ्जली सामूदायिक आयुर्वेद एवम् प्राकृतिक अस्पताल सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताए ।
निःशूल्क योग शिविर सम्पन्न गर्नका लागि बाँके क्षेत्र नं. १ को सांसद विकास कोष, कोहलपुर नगरपालिका, विभिन्न संघ÷संस्था लगायतले सहयोग गरेको आयोजकले जनाएको छ ।













प्रतिक्रिया