२० कार्तिक २०८३, शुक्रबार

बैतडीमा पनि रितियो बाबुरामको नयाँ शक्तिः जिल्ला सहसंयोजक भण्डारी कांग्रेसमा प्रबेश

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, २४ चैत । नयाँ शक्ति पार्टी नेपाल बैतडीका सह संयोजक राम सिंह भण्डारी नेपाली कांग्रेसमा प्रबेश गर्नुभएको छ ।

काठमाडौं बुढानिलकण्ठस्थित देउवा निवासमा आज सहसंयोजक भण्डारीले नयाँ शक्ति पार्टी छोडेर नेपाली कांग्रेस प्रवेश गरेका हुन ।

पार्टी सभापति शेर बहादुर देउवाको हातबाट भण्डारी सदस्यता ग्रहण गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका नेपाल विद्यार्थी संघका रिजन मडैले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस सभापती देउवाले उहाँलाई पार्टीमा स्वागत गर्नुहुदै उचित स्थान दिईने बताउनुभयो । नया शक्तिको कार्यशैली मन नपरी पार्टी परित्याग गरेका भण्डारीले नेपाली कांग्रेसलाई स्थानिय निर्वाचनमा एक नम्वरमा ल्याउन चुनावमा होमिने बताउनुभयो ।