२० कार्तिक २०८३, शुक्रबार

शान्ति र अहिंसाको बाटोमा लागौँ – पूर्व अध्यक्ष रेग्मी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २४ चैत । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले स्वार्थी भावना त्यागी शान्ति र अहिंसाको बाटोमा लाग्न सबैसँग आग्रह गर्नुभएको छ ।

मानव मिलन संस्थाका संस्थापक नेपाल केशरी डा मणिभद्र मनिजी महाराजको सर्वोदय शान्ति पदयात्राका क्रममा भारतको जयपुरदेखि पोखरा आगमन तथा नैन स्थानक भवनमा प्रवेश कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले क्षुद्र वचन बोलेर कसैको भावनामा चोट पुर्याउनु नै हिंसा भएको टिप्पणी गर्नुभयो ।

एक मानिसले अर्को मानिसलाई सम्मान गर्ने बानी बसाल्न सिकौँ भन्दै पूर्व प्रधानन्यायाधीशसमेत रहनुभएका रेग्मीले दीनदुःखीको सेवाले नै मानिसलाई सन्तुष्टिको भावना अनुभूत गराउँछ भन्नुभयो ।

उहाँले डा मणिभद्र मुनिजीको लामो शान्ति पदयात्राले विश्वमै शान्ति र अहिंसाको सन्देश पैmलाउन मद्दत पुगेको विश्वास व्यक्त गर्नुभयो ।

संस्थाका संस्थापक नेपाल केशरी डा मणिभद्र मुनिजीले अर्कासँग लिनमात्रै होइन दिन पनि सिकौँ भन्नुभयो ।

मानव मिलन नारी जागरण नेपाल कास्कीका अध्यक्ष पार्वती पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा नागरिक समाज कास्कीका अध्यक्ष रामबहादुर पौडेल, स्वतन्त्र पत्रकार सङ्घ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बाँस्तोला, मानव मिलन महिला विभाग भारतका राष्ट्रिय अध्यक्ष कुसुम जैन, रवीन्द्र माकाजु, शान्ति ढकाल, मीन गुरुङ, यज्ञप्रसाद बाँस्तोलालगायतका वक्ताले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा मन्त्रिपरिषदका पूर्व अध्यक्ष रेग्मीले जैन स्थानक भवन निर्माणका लागि भारतीय रुपैयाँ १० लाखभन्दा बढी सहयोग गर्ने भारतका ९० वर्षीय चन्द्रभाइ मेहतालाई सम्मान गर्नुभएको थियो ।

यसअघि पोखराको छोरेपाटनवबाट सुरु भएको शान्ति पदयात्रा मुस्ताङचोकस्थित लिगेसी होटलमा पुगेर सभामा परिणत भएको थियो । रासस