२८ आश्विन २०८३, बुधबार

पाकिस्तानले काश्मिरमा चिनियाँ सेना खटाउने भनेपछि भारतमा हंगामा

8.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, २३ चैत । भारतीय विदेशमन्त्री शुष्मा स्वराजले बुधबार संसदमा बोल्दै पाकिस्तानको कब्जामा रहेको काश्मिर कुनैपनि हालतमा छाड्न नमिल्ने बताएकी छन् । उनले उक्त जमिन भारतकै हिस्सा भएको दावी गरिन् ।

पाकिस्तानले पछिल्लो पटक गिलगिट–बाल्टिस्तानको विवादित इलाकालाई आफ्नो पाँचौं प्रान्त बनाउने तयारी गरेको छ । भारतले यसमा आपत्ति जनाएको छ । यसै विषयमा विदेशमन्त्री स्वराजले सांसदहरुको जवाफ दिँदै भारतले आफ्नो जमिनलाई कुनै पनि देशको हातमा जान नदिने बताइन् ।

पाकिस्तानको पछिल्लो निर्णयमा भारत सरकारको धारणा के हो ? भारतीय जमिन गुम्दा किन चुप भनी विपक्षीले संसदमा हंगामा गरेका थिए ।

फेरि कहाँबाट उब्जियो यो मुद्दा ?

नवाज शरिफ सरकारमा मंत्री रियाज हुसैन पीरजादाले पछिल्लो महिना ‘जियो टिभी’ लाई दिएको एक अन्तरवार्तामा पाकिस्तानले गिलगिट–बाल्टिस्तानको पाँचौ प्रान्त बनाउन सक्ने बताएका थिए । उनले सो क्षेत्र बास्तवमै पाकिस्तानकै भएको र भारतसंग सीमाना रहेको उल्लेख गरेका थिए ।

यसको कारण के हो ?

विवादित क्षेत्रलाई चीन–पाकिस्तान इकोनोमिक करिडोर क्षेत्र बनाउन चाहन्छन् । चीनले त्यो भन्दा अगाडि तमाम कानुनी पहल पूरा गर्न चाहन्छ ।

पाकिस्तानमा अहिले चार प्रान्त बलुचिस्तान, खैबर पख्तूनख्वा, पञ्जाब र सिन्ध छन् । यदि गिलगित–बाल्टिस्तानलाई दर्ता गराउन सकेमा यो पाँचौं प्रान्त बन्ने छ । भारतका लागि चिन्ताको विषयक के छ भने पाकिस्तान कानुनी हिसावले यो इलाकामा आफ्नो दावी गर्न सक्छ र सो क्षेत्रमा चिनिया आर्मी खटिने छन् ।