२० कार्तिक २०८३, शुक्रबार

आफ्नै श्रीमान मार्ने महिला पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी, २३ चैत । सुनसरी एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार आफ्नै श्रीमान मारेको अभियोगमा इटहरी उपमहानगरपालिका–५ घर भई सोही उपमहानगरपालिका–४ स्थित बाबा शंखर चामल मिल नजिक डेरा गरी बस्ने २५ बर्षीया विन्दा चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

चौधरीले मंगलबार ३५ बर्षीय श्रीमान उत्तम पराजुलीलाई दाउराको चिरपटले टाउँकोमा प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।