
बारा, २३ चैत । नेकपा (एमाले) बाराले स्थानिय निर्वाचनको घोषणा संगै बारा जिल्लाका १५ वटा स्थानिय तह अनुसार नयाँ संरचना संगठन निर्माण, भेला, प्रशिक्षण र पार्टी प्रवेशको कामलाई तिब्रता दिइरहेको छ ।
यसै क्रममा जिल्ला कमिटीको बैठकद्धारा गठन गरिएको जिल्लाका सल्लाहकार परिषद, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका संगठन कमिटीका पदाधिकारी सहित सदस्यहरुको सपथग्रहण तथा भेला प्रशिक्षण कार्यक्रम आज कलैयामा सम्पन्न भएको छ ।
नव गठित कमिटीलाई कार्यक्रमका प्रमुख अतिथी एंवम एमाले केन्द्रिय सदस्य तथा बाराका इन्चार्ज बलबरि चौधरीले सपथ गराउनु भएको थियो । शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सबै मत भिन्नता त्यागेर आगामी निर्वाचनमा एमालेलाई बिजय गराउन कार्यकर्तालाइ निर्देशन दिनु भयो । एमालेले जितेमात्र देशको बिकास हुने उहांको तर्क थियो । त्यसैगरी कार्यक्रमलाई सम्बोधन गदै बिशिष्ट अतिथी समेत रहनुभएका पुर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले एमालेले बृद्ध, दलित, महिला र आदिबासि जनजातिका पक्षमा काम गरेकोले एमालेले जित्ने डरले निर्वाचनको नाम सुन्ने बित्तिकै बिरोधीहरु आत्तिएकोे दाबि गर्नुभयो ।
नेकपा (एमाले) बाराका अध्यक्ष सुन्दर बि.क.को अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै केन्द्रिय वैकल्पिक सदस्य दिनेस राईले एमालेले अवको निर्वाचनमा सबै स्थानिय तह जित्ने दाबि गर्नु भयो । त्यसैगरी कार्यक्रमलाई सम्बोधन गदै केन्द्रिय सल्लाहकार सदस्य अच्युत मैनालीले नयां संबिधानले सबैको अधिकार सुनिश्चित गरेकोले संबिधान कार्यनवनका लागि स्थानिय निर्वाचन हुनुपर्ने दाबि गर्नु भयो ।
कार्यक्रमममा ६ सय जना सदस्हरुलाइ सपथ गराइएको एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेलले बताउनु भयो ।
कार्यक्रमा प्रदेस नम्बर २ का सदस्यहरु सिता गुरुङ्ग, छविलाल उप्रेती र सुरेन्द्र यादवले पार्टीका जुनसुकै उम्मेदरलाई जिताउन आह्वान गर्नु भयो । साथै, पार्टीको संस्थागत निर्णयको आधारमा मात्र पार्टी कार्यमा सम्लग्न हुन विशेष निर्देशन जारी गरिएको पर्चा जारीगरीएको थियो ।कार्यक्रमको संचालन सचिब एम समिउल्लाहले सन्चालनको रहेको थियो भने कार्यक्रममा स्वागत मन्तब्य राजेन्द्र जैसवालले गर्नु भएको थियो ।












प्रतिक्रिया