२८ आश्विन २०८३, बुधबार

दलाई लामाको भारत भ्रमणप्रति चीनको आपत्ति, भारतलाई दियो कडा चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ चैत । तिब्बतका निर्वासित नेता दलाई लामाको भारत भ्रमणप्रति चीनले आपत्ति जनाएको छ ।

दलाई लामा अहिले भारतको भ्रमणमा छन् । उनी अर्को हप्ता अरुणाञ्चल प्रदेशको भ्रमण गर्नेछन् । चीनले भारतसंगको द्विपक्षीय सम्बन्धलाई लिएर चेतावनी दिँदै भारतले अब के गर्ने हो भनेर फसला गर्नुपर्ने बताएको छ । उसले लामाको भ्रमणले ‘एक चीन नीति’को उल्लंघन भएको भन्दै सम्बन्धको आधारलाई नचलाउन चेतावनी दिएको हो ।

दलाई लामाको अरुणाञ्चल प्रदेशको यात्रालाई लिएर बढी चिन्तित भएको छ । चीनले पछिल्लो एक महिनामा भारतलाई दुई पटक चेतावनी दिइसकेको छ ।

चीनका विदेशमन्त्रीले भने, ‘भारतले दलाई लामालाई अरुणाञ्चल प्रदेश जाने अनुमति दिनु निकै चिन्ताजनक छ किन भने त्यो दक्षिणी तिब्बतको एक हिस्सा हो ।’ भारतको यात्रामा रहेका दलाई लामा १३ अप्रिलसम्म भारतको अरुणाचल प्रदेशको यात्रामा रहने छन् ।