२८ आश्विन २०८३, बुधबार

चिनिया राष्ट्रपतिले ट्रप्पलाई अमेरिकामै भेट्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ, २२ चैत । चीनका राष्ट्रपति सि जिनपिङ औपचारिक भ्रमणका लागि मङ्गलबार अपराहन्न बेइजिङबाट फिनल्याण्डतर्फ प्रस्थान गर्नुभएको छ ।

अमेरिकाको फ्लोरिडामा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटबार्ता गर्ने कार्यतालिका समेत रहेको भ्रमणको सुरुमा उहाँ फिनल्याण्ड जानुभएको हो ।

फिनल्याण्डका राष्ट्रपति साउली निनिस्तो र अमेरिकाका राष्ट्रपति ट्रम्पको औपचारिक निमन्त्रणामा राष्ट्रपति सिले भ्रमण गर्न लाग्नुभएको चीनको विदेश मन्त्रालयले यसअघि नै जनाएको थियो ।

उहाँले अप्रिल ४ देखि ६ तारिखसम्म फिनल्याण्डको र ६ देखि ७ तारिखसम्म अमेरिकाको भ्रमण गर्नुहुने भ्रमण तालिका रहेको छ ।

सिको भ्रमण टोलीमा उहाँकी श्रीमती फङ लियुआन, चिनिया कम्युनिष्ट पार्टीको राजनीतिक विभाग सदस्य वाङ हुनिङ, उपप्रधानमन्त्री वाङ याङ, चिनिया कम्युनिष्ट पार्टीको राजनीतिक विभाग सदस्य तथा केन्द्रीय सचिवालय सदस्य लि झान्सुलगायत रहनु भएको छ । – सिन्ह्वा