२८ आश्विन २०८३, बुधबार

भारत सरकारले फेरि भारतीय रुपैयाँ परिवर्तन गर्ने, यस्तो छ कारण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, २१ चैत । भारतको केन्द्र सरकारले भारतीय रुपैयाँमा लगाइएको सुरक्षा चिन्हलाई हरेक तीनदेखि चार वर्षमा परिवर्तन गर्ने योजना बनाएको छ । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार जालसाजीको जाँचका लागि भारतीय सरकारले २००० र ५०० रुपैयाँको सुरक्षा चिन्ह बदल्ने तयारी गरेको हो ।

नोटबन्दीपछि पछिल्लो चार महिनामा ठूलो मात्रामा नक्कली रुपैयाँ जफत भएकाले पनि भारतले यस्तो योजना बनाएको हो । प्राप्त खबरअनुसार आइतबार वित्त ताथ गृह मन्त्रालयका वरिष्ठ अधिकारी र केन्द्रीय गृह सचिव राजीव महर्षिबीच एको उच्च स्तरीय बैठकमा यस विषयमा छलफल भएको थियो ।

गृह मन्त्रलायका अधिकारी भनेका छन्, ‘अधिकतम विकसित देश आफ्नो रुपैयाँमा लगाईको सुरक्षा चिन्हलाई हरेक तीनदेखि चार वर्षमा बदल्ने गर्छन् । भारतले पनि त्यस्तै नीति अपनाउनुपर्छ ।’

अधिकारीहरुका अनुसार नयाँ नोटमा अतिरिक्त सुरक्षा फिचर हुने छैन । अहिलेको नोट जस्तै देखिने छ । हालै जफत भएका कैयौं नक्कली नोटमा २०० को नोटमा १७ सुरक्षा चिन्हमामध्ये ११ लाई दोहोर्याइएको पाइएको थियो ।

अधिकारीले बताएअनुसार नकली नोटमा ट्रान्सपेरेन्स एरिया, वाटरमार्क, अशोक स्तम्भ प्रतीक, बाँयातिर ‘रुपये २०००’ लेखिएको छ । भारतका गभर्नरको हस्ताक्षर र अन्य सुरक्षा चिन्ह पनि एकै खाले भेटिएको थियो । यसका साथै ‘चन्द्रयान’, ‘स्वच्छ भारत’ को लोगो पनि हूबहू नक्कल गरिएको थियो । तर, नकली नोटको प्रिन्ट र कागजको गुणस्तर भने कमसल थियो । तरपनि सक्कली जस्तै देखिन्थ्यो ।

यसैकारण भारतले तीनदेखि चार वर्षमा भारतीय रुपैयाँको सुरक्षा चिन्ह परिवर्तन गर्ने योजना बनाएको हो ।