सोल, १७ चैत । दक्षिण कोरियाकी अपदस्त राष्ट्रपति पार्क गेउन हे बिहीबार फेरी अदालतमा देखिनु भएको छ ।
भ्रष्टाचार गरेको र शाक्तिको दुरुपयोग गरेको अभियोगमा उहाँलाई प्रहरीले पक्राउ गर्न सक्ने संभावना भएपछि उहाँ सुुनुवाईका लागि अदालतमा उपस्थीत हुनु भएको छ ।
सोलको जिल्ला अदालतमा उपस्थीत हुदा उहाँ निकै भयभित, फिक्का र उत्साहहिन देखिनु भएको थियो ।
उहाँको प्रतिक्रिया लिन अदालत परिसरमा उहाँको प्रतिपक्षमा बसेका सञ्चारकर्मीहरुले पटक पटक प्रतिक्रियाका लागि बोल्न आग्रह गर्दा पनि उहाँले अस्विकार गर्नुभयो ।
दक्षिण कोरियाको राष्ट्रपतिबाट नाटकिय तरिकाले बहिरिने उहाँ एक मात्र व्यक्ति हुनुहुन्छ । उहाँले भ्रष्टाचार गरेको र शक्तिको दुरुपयोग गरेको भन्दै दक्षिण कोरियामा लामो समय उहाँका विरुद्धमा प्रदर्शन सहितको आन्दोलन भएको थियो ।
उहाँलाई केही हप्ता अगाडी मात्रै अदालतले भ्रष्टाचार गरेको र शक्तिको दुरुपयोग गरेको ठहर सहित पदमुक्त गराएको थियो ।
यसरी महाअभियोग लागेर पदमुक्त हुने उहाँ दक्षिण कोरिएको पहिलो व्यक्ति हुनु भएको छ ।
संवैधानिक अदालतले पदमुक्त भएको फैसला गरेको दुइदिनमा उहाँले राष्ट्रपति कार्यालय खाली गर्नुभएको थियो । – एएफपी













प्रतिक्रिया