काठमाडौं, १६ चैत । आतंकबादी संगठन अलकायदा भारत लगायत पुरै दक्षिण एसियाको लागि टाउको दुखाईको विषय बनेको छ । अमेरिकाका वरिष्ठ अधिकारीले अलकायदाका उच्च नेताले स्थानीय मानिसलाई आफ्नो संगठनमा भित्र्याउनका लागि विशेष योजना बनाएको बताएका छन् ।
अमेरिकी अधिकारीका अनुसार अफगानिस्तान र पाकिस्तानले अलकायदाको उपस्थितिले दबाव महसुश गरिरहेको छ । भारतीय उपमहाद्वीपमा अलकायदाको गतिविधि र अरबमा उसको प्रभावलाई मध्यनजर गर्दै अमेरिकी अधिकारीले यसलाई अलकायदाको भारतमा बनाइरहेको लामो योजनाको परिणाम भएको बताएका छन् ।
अधिकारीकाअनुसार अलकायदाले पुरै दक्षिण एसियामा आफ्नो नेटवर्क तयार गरिरहेको बताएका छन् । केही समय पहिले अलकायदाका नेता अल–जवाहिरीले भारत सहित पुरै दक्षिण एसियामा संगठन गर्ने घोषणा गरेका थिए ।
उनले यो म्यानमार, बंगलादेश र भारतको आसाम, गुजरात र जम्मू–कश्मीरमा रहने मुसलमानका लागि राम्रो खबर भएको बताएका थिए । गत महिना अमेरिकाका केही सांसदले आईएसविरुद्ध अमेरिका व्यस्त भइरहेको बेला अलकायदा फाइदा उठारहेकोमा चिन्ता व्यक्त गरेका थिए ।













प्रतिक्रिया