सल्यान, १२ चैत । पछिल्लो समय जिल्ला अस्पताल सल्यानमा गएराती पहिलो पटक अन्धवाहिनी नलीमा रहेको गर्भले फुटेको नलीको शल्यक्रिया गरिएको छ ।
शारदा नगरपालिका १० कि २३ वर्षीया चन्द्रा थापाको पाठेघर भन्दा बाहिरको अन्धवाहिनी नलीमा गर्भ बसेर फुटेको अवस्थामा अप्रेशन सफल भएको जिल्ला अस्पताल सल्यानले जनाएको छ । नली फुटेर पेटभित्र नै १५ सय मिलीलिटर रगत जमेको अवस्थामा अप्रेशन गरिएको अस्पतालका डाक्टर प्रदिप शर्माले जानकारी दिनु भयो ।
सल्यानमा यो पहिलो अप्रेशन भएको भन्दै अतिनै जोखिमपुर्ण अवस्थामा आवश्यक तयारीका साथ उपचार गरिएको बताउनु भयो । पछिल्लो समय विभिन्न रोगका सफल अप्रेशन गरि रहेको जानकारी दिदै स्वस्थ्यकर्मीले अव त्यस्ता विरामीले जिल्ला अस्पताल सल्यानमानै उपचार पाउने बताएका छन । यसका अलावा जिल्ला अस्पताल सल्यानमा हर्निया, पाठेघर, एपेन्डीसाइड, हाइड्रोसिल, पाइल्स जस्ता रोगको सफल अप्रेसन गरिदै आएको अस्पताल स्रोतले जनाएको छ ।













प्रतिक्रिया