
काठमाडौं, १२ चैत । औषधि पसलहरुको अनुगमनका नाममा दुःख दिइने गरेको औषधि व्यवसायीहरुले आरोप लगाएका छन् ।
आज ललितपुरको जावलाखेमा आयोजित औषधि व्यवसायी बागमती अञ्चलको तेस्रो वार्षिक साधारण सभामा सहभागी औषधि व्यवसायीहरुले अनुगमनको नाममा सरकारले आतंक फैलाएको आरोप लगाए ।
व्यवसायीहरुले सरकारको यस्तो क्रियाकलापले व्यवसायीहरु त्रसित र आतकिंत भएको गुनासो गरेका छन् । उनीहरुले औषधि पसलहरुको अनुगमनमा व्यवसायीहरुले सहयोग गर्ने गरेको भएपनि सरकारी निकायको व्यवहार राम्रो नभएको बताएका छन् ।
औषधी र औषधी व्यवसाय बुझ्दै नबुझेकाहरुबाट पनि अनुगमन भइरहेकोप्रति औषधि व्यवसायीहरुले आपत्ति जनाएका छन् । सिंगो औषधि व्यवसायलाईनै प्रभाव पार्ने गरी हुने अनुगमन रोक्न उनीहरुले सरकारसंग माग गरेका छन् ।












प्रतिक्रिया