२८ आश्विन २०८३, बुधबार

मुख्यमन्त्री बनेको केही दिनमै योगीलाई आतंकवादी आईएसआईएसको धम्की

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ चैत । भर्खरै भारतको उत्तरप्रदेशका मुख्यमन्त्री बनेका आदित्यनाथ योगीलाई आतंकबादी संगठन आइएसआइएसले धम्की दिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय क्षेत्र वाराणसीको मिर्जामुराद बजारमा आज विहान आईएसआईएसको नामबाट छरिएका पर्चामा यस्तो धम्कीपूर्ण भाषा लेखिएको पाइएको हो । पर्चामा आईएसआईएस र पाकिस्तान जिन्दाबाद सहितका नाराहरु समेत लेखिएका छन् ।

पर्चामा आगामी २४ मार्चमा पूर्वाञ्चलमा वितन्डा मच्चाउने धम्की दिइएको छ । पर्चाको माध्यमबाट योगी सरकारलाई सो वितन्डा रोक्न चुनौति दिइएको छ । धम्कीपूर्ण पर्चा भेटिएपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

प्रधानमन्त्री मोदीको क्षेत्र भएकै कारण पनि त्यहाँ भारतीय गुप्तचर निकाय पनि सतर्क भएको छ । पर्चाको सम्बन्धमा केही अज्ञात आरोपीहरुको नाममा प्रहरीमा उजुरी समेत दर्ता गरिएको छ । प्रहरीले पनि सोधपुछ सुरु गरेको छ । आइएसआइएसले पर्चा मार्फत पूर्वाञ्चलमा आफ्ना दुई हजार मानिस सक्रिय रहेको दावी गरेको छ ।