२० कार्तिक २०८३, शुक्रबार

गरिब तथा बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अमरराज पुन

रुकुम, १ चैत । एन एमवि माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेड रुकुम शाखाले मुसिकोट नगरपालिका १ डाँग्रीचौरमा रहेको चन्दननाथ प्राथमिक विद्यालय रुकुममा अध्ययनरत झण्डै ३० भन्दा बढि गरिब तथा बौदिक अपाङ्गता भएका विद्यार्थीहरुलाई आज शैक्षिक सामग्री वितरण गरेको छ ।

आफ्नो कार्यक्रम संचालनको चौथो वार्षिक उत्सवको अवसरमा उक्त वित्तिय संस्थाले विद्यालयमा अध्ययनरत कक्षा एक देखी पाँच सम्मका विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेको हो । मानसिक अपाङ्गता, कमजोर र अति गरिब बालबालिकाले एउटै विद्यालयमा एकै किसिमको शिक्षा लिईरहेकाले पनि सो विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको एन एमवि माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेड रुकुम शाखा प्रमुख मधु कुवरले बताउनुभयो ।

‘वित्तिय संस्थाहरु आर्थिक कारोबारकोे रुपमा मात्रै स्थापित नभई अब सामाजिक महत्व बोकेका विभिन्न क्षेत्रमा पनि पुग्नुपर्ने अवस्था आएको छ,’ कुवरले भन्नुभयो । विद्यालयमा अध्यययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिएपछि विद्यालयका शिक्षकहरुले पनि सो वित्तिय संस्थाको काम उदाहरणिय भएको बताएका छन् ।

त्यस्तै विद्यालयमा शैक्षिक सामग्री वितरण गर्न दिएकोमा वित्तिय संस्थाले पनि विद्यालयलाई सम्मान पत्र समेत प्रदान गरेको छ । दश महिना अघि मात्र रुकुम जिल्लामा आफ्नो शाखा कार्यालय स्थापना गरेको एन एमवि माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेड रुकुम शाखाले फेरी पनि जिल्लाको सामाजिक महत्व बोकेका विभिन्न क्षेत्रमा थुप्रै सामाजिक कार्यहरु गर्ने जानकारी दिएको छ । विद्यार्थीहरुले समेत एकाएक शैक्षिक सामग्री पाएकोमा दंग हुँदै फेरी पनि यस्तै कामको लागि तपाईहरु आउनुहोला है भनेर वित्तिय संस्थाका कर्मचारीहरुलाई अनुरोध गरेका छन् ।

जिल्लाको सदरमुकाम नजिकै रहेर पनि एकदमै जिर्ण अवस्थामा देखिने सो विद्यालयमा सरोकारवाला निकायले पनि त्यति ध्यान नदिनुले विद्यालयको हरेक अवस्था एकदमै दयनिय रहेको त्यहाँका शिक्षकहरुले बताएका छन् । विद्यालय भवन, खेल मैदान तथा अन्य भौतिक सामग्रीको समेत अवस्था नाजुक भएकाले विद्यालयमा अध्ययन गर्न आउनेको संख्या पनि कम हुँदै जानुले स्थानीय अभिभावक पनि चिन्तित बनेका छन् ।

उनीहरुका अनुसार उक्त विद्यालयले लामो समय देखी मानसिक अपाङ्गता, कमजोर र अति गरिब समुदायका बालबालिकालाई पठन–पाठन क्रियाकलापमा सहभागी गराउँदै आएकाले त्यसतर्फ कसैको पनि ध्यान पुग्न नसकेको गुनासो गरेका छन् ।