२० कार्तिक २०८३, शुक्रबार

श्रीलङ्काका सेना प्रमुख काठमाडौंमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ चैत । प्रधान सेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा मित्रराष्ट्र श्रीलङ्काका सेना प्रमुख जनरल एडब्लुजेसी डिई सिल्भा आरडब्लु पी भीएसभी यूएसपी पीएसी ६ दिने औपचारिक भ्रमणको सिलसिलामा मंगलबार काठमाडौं आउनु भएको छ । जनरल सिल्भालाई उपरथी विनोद कुमार श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भयो ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार भ्रमणको क्रममा सिल्भाले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री बालकृष्ण खाण, प्रधान सेनापति राजेन्द्र क्षत्रीसँग छुट्टा–छुट्टै भेट्ने कार्यक्रम रहेको छ ।

भम्रणको दौरान वहाँले नेपाली सेनाको पोखरा स्थित पश्चिम पृतना हे.क्वा. तथा विभिन्न शिक्षण संस्थाहरुको निरीक्षण भ्रमण गर्नुको साथै नेपालको केही महत्वपूर्ण पर्यटकीय स्थलहरुको समेत भ्रमण गर्नु हुने कार्यक्रम रहेको छ ।

छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवम् बृहत्तर पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।