२८ आश्विन २०८३, बुधबार

स्कटल्यान्डले स्वतन्त्र जनमत सङ्ग्रहको अनुरोध गर्ने

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लन्डन, १ चैत । स्कटल्यान्डले बेलायत सरकारलाई सन् २०१८ को अन्त्य वा सन् २०१९ को सुरुमा नयाँ स्वतन्त्र जनमत सङ्ग्रह गर्नका लागि स्कटल्यान्डको संसदमा आगामी हप्ता स्वीकृति लिने योजना भएको स्कटल्यान्डका प्रथम मन्त्री निकोला स्टर्जियनले सोमबार बताउनुभएको छ ।

अर्को साता मैले स्कर्टेली संसदमा नयाँ जनमत सङ्ग्रह गर्ने मुद्दामा समर्थन प्राप्त गर्न र सोही कुरालाई संयुक्त अधिराज्यमा लगिने छ, स्टर्जियनले भन्नुभयो ।

स्कटल्यान्डको संसदबाट प्राप्त स्वीकृतिपछि नयाँ जनमत सङ्ग्रहका लागि कानुन बनाउने प्रक्रिया सुरु हुनेछ, उहाँले थप्नुभयो । – एएफपी