२८ आश्विन २०८३, बुधबार

‘अमेरिका छोड’ भन्दै वासिङटनमा अर्का भारतीय नागरिकको गोली हानी हत्या

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ फागुन । ट्रम्प प्रशासनले आप्रवासीविरुद्ध कडा नीति लिएपछि अमेरिकामा आप्रवासीमाथि आक्रमण हुन थालेको छ ।

राष्ट्रवादी गोराहरुले ‘आफ्नो देश फर्क, अमेरिका छाड’ जस्ता नारा लगाउँदै आप्रवासीमाथि आक्रमण सुरु गरेका हुन् ।

यसैक्रममा शनिबार राति अमेरिकामा अर्का एक भारतीय नागरिकको हत्या भएको छ । वासिङटनको केन्ट सहरमा मास्क लगाएका एक गोराले ‘आफ्नो देश फर्क’ भन्दै ४३ वर्षीय हारनिस पटेलमाथि गोली प्रहार गरी हत्या गरेका हुन् ।

अमेरिकामा व्यवसाय गर्दै आएका पटेललाई घरको आँगन अगाडि नै राति ८ बजे गोली हानिएको थियो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि २२ फ्रेब्रअरीमा अमेरिकाको केन्सासमा एक भारतीय मुलका इन्जिनियरको हत्या भएको थियो ।