२८ आश्विन २०८३, बुधबार

चिनियाँ सागरमा अमेरिकी सैनिक, सार्वभौमिकतामाथि असर गरे सैन्य कारबाही गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङ्टन, ९ फागुन । अमेरिकी वायु सैनिकको एक टुकडी दक्षिण चीन सागरमा प्रवेश गरेको छ । अमेरिकी नाभीले आफ्नो नियमित अप्रेसनका क्रममा आफ्ना सैनिक दक्षिण चीन सागरमा प्रवेश गरेको जनाएको छ ।

आफ्नो सार्वभौमिकतामाथि हस्तक्षेप नगर्न चीनले चेतावनी दिएको भोलिपल्टै अमेरिकी सैनिक दक्षिण चीन सागरमा प्रवेश गरेको हो । चीनले आफ्नो दावी गर्दै आएको दक्षिण चीन सागरको भूभागमा दक्षिणपूर्वी एसियाको अन्य देशले पनि दाबी गर्दै आएको छ । चीनले सो सागरमा टापूहरु निर्माण गरी सैनिक बेसक्याम्प स्थापना गरिरहेको छ ।

यूएसएस कार्ल भिजन वायु सेनाको समूह आफ्नो नियमित अप्रेसनका क्रममा दक्षिण चीन सागरमा प्रवेश गरेको अमेरिकी नाभीले अनलाइनमा प्रकाशित गरेको वक्तव्यमा उल्लेख छ ।

‘हामी शक्ति प्रदर्शनका लागि समय हेरिरहेका छौं, इन्डो एसिया प्यासिफिक क्षेत्रका साझेदार राष्ट्रहरुको सम्बन्ध विस्तारका लागि थप कदम चालिने छ,’ अभियान टोलीका कमाण्डर रेयर एडमाइरल जेम्स किल्वाईले भनेका छन् ।

चीनको विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय कानुन अनुसार जहाज र वायुसैनिक प्रवेशका लागि अनुमति दिइएको जनाएको छ । तर बेइजिङले आफ्नो सार्वभौमिकतामाथि असर हुने अमेरिकी सैनिकका कुनै पनि गतिविधि सैह्य नहुने बताएको छ । – एजेन्सी